मनोरञ्जन

सूनसान रातमा युँ हेर्दै टोलाउँछु, ताराहरुमा पनि तिमीलाइ नै देख्दछु

मिती २०७४।२।१९

एलिना,
म यहाँ सन्चेै छु र तिमीलाइ पनि सन्चै होला भन्ने आशा राखेको छु । आज तिम्रो धेरै याद आइ रहेको कारणले गर्दा म मेरो यो पहिलो प्रेम पत्र लेखि रहेको छु । तिमीले बुझ्ने छौ भन्ने आशा राखेको छु । इमेल र फेसबुकको जमाना भएपनि तिमीलाई म यो पुरानो ढाँचाको चिठीमा दुई शब्द कोर्दैछु ।

प्यारी एलिना, म यहाँ तिमी भन्दा धेरै टाढा भए पनि तिम्रो यादले सताउन छाडेको छैन, मिमीलाई पनि मेरो यादले सताएको छैन भन्नु मैले पाप सोच्नु पनि हुन सक्छ ।
कस्तो होला यो माया प्रिति, झलझली आँखामा आइ रहने ति पलहरु जुन हामी सँगै हुंदा बिताएका थियौँ । सूनसान रातमा युँ हेर्दै टोलाउँछु, ताराहरुमा पनि तिमीलाइ नै देख्दछु । यो कस्तो मायाँ होला ? म तिम्रो हर पाहिलामा साथ दीन चाहन्छु, खोज्छु तिम्रो सपनामा सँधै आइ रहूँ । तर मनमा धेरै डर पनि छ कि कतै तिमी म बाट टाढा हुने त हैन ? कसरी, कहाँ लुकाउँ तिमीलाइ अरु देखी ? डर लाग्छ कि कसैले कतै चोरी लाने पो होकी । तिमी सँग भेट नभएको पनि धेरै भएछ । हाम्रो अन्तिम भेट भएको दिनको सबै कुराहरु मलाइ याद छ । भेट नभएको २ बर्ष भयो तर यो २ बर्ष काट्न मलाइ २० बर्ष काटे जतिकै भयो । अब म चाँडै आउँदै छु तिमी भएको ठाउँमा तिमीलाइ सँधैको लागी आफ्नो बनाउन । चाहदीन अब म तिमी बाहेक अरुलाइ, लैजाउ मलाइ तिम्रो न्यानो संसारमा जहाँ ठाउँ नहोस हामी बाहेक अरुलाइ । मेरी मायालु, अब म धेरै कुरेर बस्न सक्दिन । हाम्रो नजिक हुने दिन समीपमा आइ सकेको छ । तिमीलाइ सँधैको लागी आफ्नो बनाउने मेरो सपना पुरा हुन लागेको कारणले मेरो मन ठाउँमा छैन । डुबी सकेछु म तिम्रो मायाको सागरमा । साहारा बनि देउ तिमी, तिमी मेरो खुशी बनि देउ । अन्धकारको उज्याली, जुनेली, रातको जुन तिमी मेरो बनि देउ ।
यति भन्दै म मेरो शब्दहरु याँही समाप्त गर्दछु । आशा छ तिमीले यो पत्र हेरेर साथी रजनी फर्किदा मलाइ अर्को पत्र पठाउने छौ ।
धन्यबाद ।
तिम्रो मनको ढुकढुकी,
सागर ।