पु.समाचार

सर्वोच्च अदालतले यसरी गर्दैछ ८० न्यायाधीशको छिनोफानो

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको र सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुंगाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

यसैबीच, भावी प्रधानन्यायाधीशका रुपमा चर्चामा रहेका गोपाल पराजुलीको विरुद्धमा परेको रिटको सुनुवाई आज ९शुक्रबार० हुन सक्ने छ ।