राजनीति

भरतपुर महानगरमा ९० मतपत्र च्यातिएको प्रमाणीत भएपछि पुनः मतदान हुने !

काठमाण्डौ । भरतपुर महानगरपालिकामा ९० मततपत्र च्यातिएको भेटिएको छ । बाँदरले जस्तैगरी झम्टीएर मतपत्र च्यातेको भन्ने प्रहरीले आरोप लगाईरहेका बेला पाँच वटा मात्र मतपत्र च्यातेको भनिएपनि बिहीबार ९० मतपत्र च्यातिएको मुख्य निर्बाचन अधिकृत कविप्रसाद न्यौपानेले पुष्टी गरेका छन् ।

वडा नम्बर १९ मा मतगणना गर्दागर्दै माओबादी कार्यकर्ताहरुले एक्कासी मतपत्र च्यातेका थिए । मतपत्र च्यात्नुभन्दा अगाडी १८०९ मत गनिसकिएको थियो भने उक्त वडामा २८९७ मतदाताले मतदान गरेका थिए । ९९८ मतमात्र गन्न सकिने अवस्थामा रहेको मतदान अधिकृतले जानकारी दिएका छन् । काँग्रेसकी उपमेयर उमेरद्द्वार पार्वती शाह र एमालेका तर्फबाट मेयरका उमेर्द्वार देवी ज्ञवालीले उक्त वडामा पुनः मतदान गर्न माग गरेका छन् । माओबादी केन्द्रबाट काँग्रेसको तालमेलमा मेयरमा उमेर्द्वार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई सोध्न खोज्दा उनको पमोवाईल स्वीच अफ थियो ।

पछिल्लो मतपरिणाम, निर्बाचन आयोगले भरतपुर मतदान अधिकृतलाई दिएको निर्देशन र भरतपुरका उमेर्द्वारहरुको धारणा बुझ्दा भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान हुने सम्भाबना देखिन्छ ।