खेलकुद

रियल मर्डिडलाई उपाधि जित्ने मौका

एजेन्सी । च्याम्पियनसिप लिग फुटबल अन्तर्गतको फाइनल आउँदो शनिबार वेल्सको कार्डिफमा हुँने भएको छ । फाइनलमा घरेलु लिगको उपाधि जितेका रियल मर्डिड र युभेन्टस् प्रतिस्पर्धामा उत्रिने भएका छन् । रियल मर्डिडले स्पेनिस ला लिगा तथा युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको हो ।

दुवै क्लब घरेलु र यरोपियन च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् । रियल मर्डिडलाई यो सिजन ला लिगाको उपाधि दिलाउन र च्याम्पियन्स लिगको फाइनलमा पुर्याउने क्रिष्टयानो रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको छ । फाइनल अघि रोनाल्डोले यूएफए डटकमसँगको कुराकानीको क्रममा युभेन्टस निकै कडा प्रतिद्धन्द्धी रहेको बताएका थिए ।

युभेन्टस उत्कृष्ट टिम रहेको र उ मौकाले नभएर क्षमताले फाइनलमा आएको रोनाल्डोले बताएका छन् । उनले भनेका छन्, उनीहरु पक्कै पनि कडा प्रतिद्धन्द्धी हुनेछन् । फाइनलमा खेल निकै कठिन हुनेछ । सम्भावना ५०–५० को छ । च्याम्पियन्स लिगको रुपमा प्रतियोगिता हुन लागेपछि अहिलेसम्म कुनै पनि टिमले लगातार दुई सिजन उपाधि जित्न सकेका छैनन् । रियल मर्डिडलाई यो वर्ष पनि उपाधि जितेर कीर्तिमान बनाउने मौका छ ।