राजनीति

भरतपुरमा च्यातिएका मतपत्रबार निर्वाचन आयोगले दियो यस्तो निर्देशन

चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले यसअघि सहन्यायधिवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा एक समिति गठन गरी घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको भएपनि मतपत्र कति च्यातिएको हो ? त्यसबारेमा केही नभनेकाले अहिले भने च्यातिएको मतपत्रको संख्या एकिन गरी प्रतिवेदन दिन आग्रह गरेको छ ।

बिहीबारको नेपालसमाचारपत्रमा लेखिएको छ, निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिवेदन आएपछि के गर्ने भन्ने बारे निर्णय हुने बताए ।