पु.समाचार

काठमाण्डौ महानगर प्रमुखको कार्यभार सम्हालेलगत्तै विद्यासुन्दरले गरे यस्तो निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, ११ बुँदे निर्णय सार्वजनिक गर्दै उनले आजैबाट सूर्योदय अगावै फोहोर संकलन गर्ने कार्यको थालनी भएको जानकारी गराए ।

बुधबार पदभार ग्रहण गर्दै उनले शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर गरे ।