राजनीति

कार्यकर्ता र जनताको ब्यापक दबाबपछि एमालेले चिनवन बन्द फिर्ता लियो

काठमाण्डौ । नेकपा एमाले चितवनले बिहीबार गर्ने भनिएको चितवन बन्द फिर्ता लिएको छ । भरतपुर महानगरपालिकामा भएको मतगणनामा माओबादी कार्यकर्ताले मतपत्र च्यातेपछि बिबाद भएपछि मतगणनाको माग गर्दै एमालेले बिहीबार चितवन बन्दको आयोजना गरेको थियो ।
नेकपा एमालेका माथिल्लो स्तरका तेतादेखि वडास्तरका कार्यकर्तासम्मले बन्दको बिरोध गरेपछि एमालेनेतृत्वलाई दबाब परि नेतृत्वकै निर्देशनमा बिहीबारको चितवन बन्द फिर्ता भएको स्रोतको दाबी छ । बन्द को बिरोध एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो फेसबुकमा लेखेर गरेकी थिईन् भने एमाले सचिब शंकर पोख्रेलले उक्त बन्द फिर्ता भएको पुष्टी गरेका छन् ।

काँग्रेस र माओबादी केन्द्रले प्रधानन्यायाधीश शुशीला कार्की बिरुद्ध लगाएको माहाअभियोग प्रस्तावमा जनदबाबका साथै एमालेको ठूलो दबाब काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमनत्री दाहालले भोग्नु परेपछि फिर्ता भएको थिायो ।

चितवन बन्द फिर्ता लिनु एमालेको सह्रानीय कदम भएको नागरीक समाज, उद्योष्बाणीज्य महासंघ लगायतले बताएका छन् । निर्बाचनको मतगणना गर्न निर्बाचन आयोगले निर्बाचन अधिकृतलाई दिईसकेको छ ।

 फेसबुकमा बन्द फिर्ता भएको जानकारी दिै एमालेका सचिब शंकर पोख्रेल