खेलकुद

सिन क्योकुसिन टोली सिंगापुर जाने

काठमाण्डौ । पाँचौं सिंगापुर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय डब्लुकेओ नेपाल सिन क्योकुसिन कराते टोली बिहीबार सिंगापुर प्रस्थान गर्ने भएको छ ।

जुन ३ मा हुने प्रतियोगितामा दुई पुरुष खेलाडी विनोद निरौला र विष्णुबहादुर सार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले खुला तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

डब्लुकेओ नेपाल सिन क्योकुसिन कराते संघका महासचिव सूर्यबहादुर बुढाथोकीको नेतृत्वमा जाने टोली व्यवस्थापकमा कुमार श्रेष्ठ र प्रशिक्षकमा रामबहादुर बोमजन रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव अधिकारी (बद्री) ले एक कार्यक्रमबीच दशरथ रंगशालामा बिदाइ गरे ।