समाचार

दोस्रो चरणको निर्बाचन-निर्बाचन आयोगको ११ बुंदे कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको बुधबार बसेको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो ।

प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने छ ।

यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो ।

दोस्रो चरणको निर्बाचनका लागी निर्बाचन आयोगले यस्ता ११ बुंदे निर्वाचन कार्यक्रम बनाएको छ ।

१.उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने २०७४।३।२ गते १० बजेदेखि १७.०० बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका÷ नगरपालिका केन्द्रमा गएर

२.मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने २०७४।३।२ गते १७.३० बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/नगरपालिका केन्द्रमा

३.उम्मेदवारको विरोधमा उजुरी दिने २०७४।३।३ गते १० बजेदेखि १३ बजेसम्म बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/नगरपालिका केन्द्रमा

४.मनोनयनपत्र जाँच गर्ने २०७४।३।३ गते २०७४।३।४ गते २०७४।३।३ को १३.०० बजे देखि २०७४।३।४ गते को ११.३० बजे सम्म बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/नगरपालिका केन्द्रमा

५.मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने २०७४।३।४ गते ११.३० बजे देखि १३.०० बजेसम्म बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/ नगरपालिका केन्द्रमा

६.उम्मेदवारले नाम फिर्ता लिने २०७४।३।४ गते १३.०० बजेदेखि १७.०० बजेसम्म

७.उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २०७४।३।५ गते १०.०० बजेदेखि ११.०० बजेसम्म बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/ नगरपालिका केन्द्रमा

८.उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने २०७४।३।५ गते ११.०० बजेदेखि १७.०० बजेसम्म बजे सम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/ नगरपालिका केन्द्रमा

९. मतदान गर्ने २०७४।३।१४ गते ०७.०० बजेदेखि १७.०० बजेसम्म सम्बन्धित मतदान केन्द्र

१०.निर्वाचन अधिकृतले गाउँपालिका/नगरपालिका वडाभित्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरू गर्नेछ ।

११. मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गरिनेछ ।