आर्थिक

सरकारले निर्बाचन देखाएर उद्योगीका समस्या पन्छायो-शेखर गोल्छा

बिराटनगर । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् ।

उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाए । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उहाँको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको बताए ।

कार्यक्रममा सांसद पवन सारडा, प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालगायतले उद्योग सङ्गठन मोरङ ५० वर्ष पुगेकोमा शुभकामना व्यक्त गरेका थिए । विसं २०२४ मा सो सङ्गठनको स्थापना भएको हो ।