आर्थिक

नागरिक लगानीकोषको एप्स

काठमाण्डौ । नागरिक लगानी कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु समाबेस गरेर आफ्नो एप्स बारेमा जानकारी गराएको छ ।

एप्सबाट कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष, निजामती कर्मचारी सावधिक जीवन बीमा, शिक्षक सावधिक जीवन बीमा, नेपाल प्रहरी सावधिक जीवन बीमा, नेपाली सेना सावधिक जीवन बीमा, शसस्त्र प्रहरीे सावधिक जीवन बीमा, नार्क सावधिक जीवन वीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष अन्र्तगत ८०% ऋण सापटि तथा बचत रकमको स्टेटमेन्ट सिआइटी मोवाईल एप (CIT Mobile App) मार्फत हेर्न सकिन्छ ।

तसर्थ कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष र सबै बीमा कोषका बचतकर्ता सहभागी ग्राहकहरुले कोषको उक्त सेवा लिन सकिन्छ । यसको लागी Android अपरेटिङ्ग सिस्टम भएको Mobile को PlayStore मा गएर’CIT Mobile App’ search गर्ने र सो APP लाइ download गर्नुपर्ने हुन्छ ।

तपाँईको मोवाईलमा internet कनेक्सन छ भने CIT Mobile App को Resister बटनमा गई Client Name, NLK Number, Mobile Number, Office Name and  Name of Scheme भरी Resister गर्नु सक्नु हुन्छ । कोषले उक्त Request verify गर्नासाथ ग्राहकको मोबाईलमा पिन कोड सहितको एसएमएस आउँछ ।

यस पश्चात ग्राहकले मोबाइल नम्बर र पिन कोडले लगईन गरी अवकाश कोषको बचत र ऋण सापटिको स्टेटमेन्ट तथा बीमा कोषको स्टेटमेन्ट हेर्न सकिन्छ । अन्य जानकारीको लागी कोषको वेबसाईट https://www.nlk.org.np मा समेत हेर्न सकिने कोषले जनाएको छ ।