पु.समाचार

मेट्रो रेल होईन स्थानीय तहमा एम्बुलेन्स देउ, मेयर साप

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ ।

नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहँुदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पु¥याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एउटा एम्बुलेन्ससमेत पटक पटक बिग्रने समस्याले प्रयोगविहीन भएको छ भने एउटा एम्बुलेन्स मात्र हुंदा समस्या भएको चिकित्सक रामशरण श्रेष्ठले बताए ।

भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुंदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासी दीपेन्द्र कार्कीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रको एक मात्र एम्बुलेन्स र त्यो पनि ठीक अवस्थामा नभएकाले दुर्घटना हुँदा घाइतेको ज्यानै जानसक्ने ठूलो समस्या देखिएको छ ।

एम्बुलेन्स अभावमा नगरवासीले बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन कुनै सवारीसाधन नभएको गुनासो गरेका छन् । कुनै सवारीसाधन फेला परिहाले पनि पीडितले चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स अभावमा गत फागुन २७ गते मेलम्ची नगरपालिका–१३ फटकशिलामा बा ४ ख ६९०६ नंको ट्रक दुर्घटना हुँदा उदयपुर स्थायी घर भएका ४४ वर्षीय रामबहादुर बस्नेतले उपचारमा ढिलोे हुँदा प्राण नै त्याग्नु प¥यो । एम्बुलेन्स अभावका कारण बस्नेतलाई सार्वजनिक सवारीसाधन कुरेर काठमाडौँमा लगिएको थियो ।

उनको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको होे । सोमबार मात्र मेलम्ची नगरपालिका क्यौरानीमा मिनी ट्रक दुर्घटना हुंदा तीनजना घाइते भएका थिए । एम्बुलेन्स नभएकै कारण उपचारका लागि निकै समस्या भएका घाइतेलाई तत्काल इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख नवराज ढुङ्गानाको टोलीले प्रहरी भ्यान प्रयोग गरेर अस्पतालसम्म पु¥याए ।

यसरी एम्बुलेन्सको अभावमा नगरवासी सबैले आफू सुरक्षित रहेको महसुस गर्न सकेका छैनन् । मेलम्ची नगरपालिकाले पनि एम्बुलेन्स सेवाको विषयमा कुनै निर्णय गर्न सकेको छैन । नगरपालिका कार्यालयले एम्बुलेन्सका लागि केही प्रभावकारी कदम अगाडि बढाउनुपर्ने जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

यति मात्र होेइन दुर्घटनामा मृत्यु भएकाको शव ल्याउनसमेत निकै समस्या रहेको छ । मेलम्ची क्षेत्रमा आत्महत्या गर्ने तथा दुर्घटनामा मर्नेको शवपरीक्षणका लागि अस्पतालसम्म पु¥याउन निकै समस्या रहेको छ ।

भौगोलिक विकटताका कारण निकै टाढाबाट ल्याउनुपर्ने शव सार्वजनिक सवारीसाधनले नबोक्ने र शववाहनको अभावमा शवलाई अस्पतालसम्म लैजानका लागि निकै समय लाग्ने र स्थानीयवासीले समेत निकै कष्ट भोग्नु परेको मेलम्चीका स्थानीय पत्रकार देवराज सुवेदीले बताए । शव लैजानका लागि शववाहन नहुँदा धेरै पटक प्रहरीको गाडीमा नै ल्याउनुपर्ने अवस्था रहेको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गाना भन्छन्, “भौगोलिक विकटता रहेको मेलम्ची नगरपालिकासहितको मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहन नहुंदा निकै समस्या भएको छ । दुर्घटना हुँदा तत्काल अस्पतालसम्म लैजानका लागि एम्बुलेन्ससमेत नहुनु निकै दुर्भाग्यपूर्ण रहेको र यसले ठूलो समस्या खेप्नु परेको उनको भनाई छ ।

ढुङ्गानाले भने, “एकैपटक दुई ठाउँमा घटना घट्दा प्रहरीको भ्यानमा उपचारका लागि अस्पताल लैजादै गरेको घाइतेलाई अस्पतालसम्म नपु¥याई अर्को घटनास्थलसम्म पुग्न सक्ने अवस्था छैन ।”

यसरी एम्बुलेन्सको अभावमा कतिपयले अकालमा प्राण त्याग्नु परेकाले तत्काल मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहनको व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिई छिटोभन्दा छिटो साधन उपलब्ध गराउनुपर्ने स्थानीय नगरवासीको माग रहेको छ ।