समाचार

विमान दुर्घटनामा पाईलट माहासेनानी गुरुङको मृत्यु, दुई घाईते

काठमाण्डौ । बाजुरामा सेनाको विमान दुर्घटना हुंदा पाईलटको मृत्यु भएको छ । सुर्खेतबाट सीमीकोटका लागी उडेको एन ए ४८ स्काई प्लग बिमान हावाको बहाबका कारण दुर्घटनामा परेको हो ।

दुर्घटनापश्चात आगोको मूस्लो देखिएको विमान विमान्स्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर खेतमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार नजिकैको सेनाको टोलीले आगो नियन्त्रणमा लिई उद्दार गरेको छ । विमानमा अरु दुई घाईते भएको बताईएको छ ।

मृतक माहासेनानी कैलाश गुरुङ रहेको प्रहरीले पुष्टी गरेको छ । घाईतेहरुलाई उपचारका लगी लाने तयारी भईरहेको छ ।