राजनीति

यसरी छानिदैछन् काँग्रेसबाट ऐतिहासिक नगरी बिराटनगर महानगरपालिकाको मेयर

बिराटनगर । दोस्रो चरणको निर्बाचनको लागी मुलुकको दोस्रो शहरको रुपमा चिनिने बिराटनगर महानगरपालिकामा उमेर्द्वारहरु घरदैलोमा ब्यस्त हुन थालेका छन् । वीपी कोईराला, गिरिजाप्रसाद कोईराला, आमोद उपाध्याय, डा.शसांक कोईराला, महेश आचार्य, डा.शेखर कोईराला, सुजता कोईराला लगायतका कोईराला परिवारका संस्थापक नेतादेखि बर्तमान काँग्रेस पार्टीका प्रभाबशाली नेताहरुको गृहनगर पर्ने भएकोले पनि बिराटनगर र नेपाली काँग्रेसको राजनीतिबीच अर्थपूर्ण रुपमा हेरिन्छ ।

पहिलो चरणको निर्बाचनको नतिजा आईसकेको अवस्थामा सम्पन्न हुन गईरहेको दोस्रो चरणको निर्बाचन पुर्बाञ्चलमा तीब्र गरिमा लागेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको बढी पकड भएको पुर्बाञ्चलको प्रदेश नम्बर १ मा माओबादी केन्द्र, नयाँशक्ति नेपाल, मधेसबादी पार्टीहरुको उपस्थिति भएपनि जनमत भने ज्यादै कम छ । बिराटनगरमा डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, नागेश कोईराला, बिश्वनाथ रिजाल लगायतका काँग्रेस नेताहरुको मेयर बन्ने होडबाजी चलेको छ । डा.डीला संग्रौला बिराटनगरमा मात्र नभएर केन्द्रमा नै काँग्रेसमा स्थापीत भएकी महिला हुन् ।

डा.संग्रौला नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघमा दुईपटक केन्द्रीय अध्य्रक्ष भएकी प्रभाबशाली महिला हुन् । उनी बर्तमान अवस्थामा समेत नेपाली काँग्रेसको केन्द्रीय सदस्य छिन् भने शेरबहादुर देउवाले पार्टी फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रीक पार्टी गठन गर्दा देउवाको टीममा समेत महिला संघको केन्द्रीय अध्यक्ष भएको उनको देउवासंग राम्रो पहुंच छ ।

काँग्रेस सभापति देउवासंग निकट सम्बन्ध रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले समेत रुचाएका ब्यक्ती हुन् डीला संग्रौला, पार्टी जिल्ला सभापति, केन्द्रीय सभापतिले डीलालाई मैदानमा जा भनेर भनेकोले उनी बिराटनगरको मेयरमा निर्बाचन लड्नका लागी तीब्र तयारीमा छिन् । बौद्धि ब्यक्ती भनेर चिनिले उनको केन्द्रमा सबै शीर्ष नेताहरुसंग राम्रो पहुंच भएपनि स्थान्ीय स्तरमा भने कम नै भएको बताईन्छ ।

अर्का सम्भाबित उमेर्द्वार भीम पराजुली हुन्, पराजुली ऐतिहाशिक कलेज महेन्द्र मोरङमा दुईपटक सम्म स्ववियू सभापति भएका पराजुली बर्तमान अवस्थामा बिराटनगर महानगरको नेपाली काँग्रेसको सभापति छन् । कोईराला परिवारसंग  राम्रो सम्बन्ध भएका पराजुली कृष्ण सिटौलासंगको सम्बन्ध समेत प्रगाढ छ ।

बिराटनगरका युवाहरु काठमाण्डौ र युरोप अमेरिकातिर पलायत भईरहेकाबेला बिराटनगरमा नै बसेर पार्टीका कामहरुमा सकृय रहेका भीम पराजुलीको स्थानीय स्तरमा जनतासंग राम्रो सम्बन्ध भएका कारण पराजुलीले टिकट पाए मेयरको निर्बाचन जित्ने स्थानीय जनता बताउछन् । अमृत अर्याल पनि मोरङको काँग्रेस राजनीतिमा पुरानो नाम हो गिरिजाप्रसाद कोईरालासंग उठबस सम्बन्ध भएका अर्याल मोरङ क्षेत्र नम्बर ५, बिराटनगरका प्रत्यक्ष निर्बाचित सांसद हुन् ।

मधेश मुलका बिराटनगरबासीसंग समेत सुमधुर सम्बन्ध राख्ने अर्याल यसभन्दा अगाडी मोरङ काँग्रेसको सभापति थिए । कोईराला समूहमा लामो समय काम गरेका अर्याल १३ महाधिभेशनबाट देउवा समूहमा प्रबेश गरेर केन्द्रीय सदस्य समेत लडेका थिए । प्रदेश नम्बर १ तर्फबाट केन्द्रीय सदस्य लडेका अर्याललाई गुरुराज घिमिरेले हराएका थिए ।

नागेश कोईराला काँग्रेस मोरङका सचिब हुन् भने भने कोईराला बिराटनगरका पुराना बासिन्दा र धनाढ्य जमिनदारको रुपमा परिचित छन् । विश्वनाथ रिजाल कार्यकर्तामाझ लोकप्रीय र मेयरका आकाँक्षी भएपनि उनले टिकट पाउने सम्भाबना नरहेको दाबी बिराटनगरका काँग्रेसीको भनाई छ । टिकट पाउने प्रवल दाबेदार भनेको भीम पराजुली डा.डीला संग्रौला, अमृत अर्यालमध्ये एक रहेको स्थानीय काँग्रेसीहरुको अनुमान छ । इन्दीरा कार्की, प्रमिला थापा, रेखा पराजुली पुनम सिंह, सुनिता घिमिरे, फुलकुमार लालवनी लगायतका उमेर्द्वारहरु उपमेयरमा भिड्ने तयारीमा छन् ।

मेयर र उपमेयर मध्ये एकमा महिला अधिवार्य हुने हुदा डा.डिलाले टिकट पाएमा पुरुष उमेर्द्वारले उपमेयरमा टिकट पाउने सम्भाबना रहेको बताईन्छ । काँग्रेसमा यसैगरी खिचातानी र समूहगत मेयरका आकाँक्षीहरु भएमा जनस्तरमा राम्रो पकड नभएको एमालेले हात पार्ने सम्भाबना रहेको बताईन्छ ।