पु.समाचार

दोश्रो चरणको निर्वाचन असार ९ गते निर्णय

काठमाण्डौ । सरकारले दोश्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको छ । राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्धेश्यले सरकारले दोश्रो चरणको निर्वाचन असार ९ गतेको लागि सारेको हो ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले यसबारे अन्तिम निर्णय गरेको थियो । शीर्ष नेताहरुबीच भएको छलफलका आधारमा सोमबार मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको थियो ।