पु.समाचार

बजेटबारे कसले कस्तो प्रतिक्रिया दिए, यस्ता छन् प्रतिक्रिया

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४ ७५ का निम्ति १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।  मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ ,अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको उक्त बजेटप्रति विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्नै धारणा व्यक्त गरेका छन् ।

‘बजेट ठूलो हुनु चिन्ताको विषय हो । जति ठूलो भयो कार्यान्वयनमा उति नै अप्ठेरो हुन्छ ।’

-रामशरण महत, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस

‘स्थानीय निकायलाई बजेट चलाउन दिनु सकारात्मक हो ।’
-भरतमोहन अधिकारी पूर्व अर्थमन्त्री तथा नेता, एमाले ।

‘लक्षित बजेट उठ्न नसके कार्यान्वयनमा समस्या हुन्छ ।’
-महेश आचार्य, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस

‘संघीय ढाँचामा बजेट आउन सकेन ।’
-उपेन्द्र यादव नेता, संघीय समाजवादी फोरम

‘अहिलेको बजेट कार्यान्वयन भए राम्रो हो ।’
-भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासँघ

‘बजेट मधेसमुखी भएन ।’
-सर्वेन्द्रनाथ शुक्ला, नेता, राष्ट्रिय जनता पार्टी