आर्थिक

अर्थमन्त्री कृष्णबहादुर महराद्वारा बजेट भाषण

काठमाण्डौ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण गर्दैछन् । अर्थमन्त्री महराले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश शुसीला कार्कीलाई माहाअभियाग फिर्ता नलिए बजेट रोक्ने चेतावनी दिएपछि उक्त माहाअभियोग फिर्ता लिएर कामचलाउ सरकारका अर्थमन्त्रीको हैसियतले सोमबार बजेट भाषण गरिरहेका छन् ।

बजेट भाषण्मा वीर अस्पताललाई अत्याधुनिक बनाईने, जडीबुटी उत्पादनलाई प्राथमिकतामा राख्ने, क्षम तथा रोजगार कार्यक्रमलाई निरन्तरता दिदै १ करो १४ लाख बजेट बिनियोजन, बाल श्रम निवारण गर्न १० बर्ष लाग्नेगरी नियम बनाईने, महिला बालबालिका तथा समाज कल्याणका लागी प्राथमिकता दिदै २ अर्ब २३ करोड बजेट बिनियोजन, युवा तथा खेलकुद कार्यक्रमलाई २ अर्ब २४ करोड बजेट बिनियोजन, सूचना तथा प्रबिधि बिकासका लागी ४ अर्ब ९८ करोडको बजेट बिनियोजन, अबैध मोवाईल पैठारीमा बिशेष योजना छ ।

यसैगरी, पत्रकार क्षमता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना, बिदेशमा रहेका नेपालीलाई मुलुक पर्किन प्रेरणा दिने कार्यक्रम ल्याईने, गरिब घरपरिवारलाई परिचयपत्र दिने कार्यक्रमलाई निरन्तरता, सामाजीक सुरक्षा भत्ताका लागी ३६ अर्ब बजेट बिनियोजन, २० बर्ष पुगेका सवारी साधनलाई काठमाण्डौ बाहेकका शरहरमा पनि लागू, बित्तय बिकास रणनीति तर्जुमा र कार्यान्वयन, सबै नेपालीलाई बैंक खाता खोल्न अभियान चलाउने, तीन बिमानस्थल निर्माणका लागी झण्डै १४ अर्बको बजेट बिनियोजन, पुनननिर्माणका लागी १ खर्ब ४६ अर्ब १८ करोडको बजेट छुट्याईयो, राज्यकोषबाट हुनै सबैखाल्का आर्थिक भुक्तानीहरु बैकमार्फत हुने ।

यसैगरी, सरकारी सवारी दुरुपयोग र मर्मत खर्च घटाउने कार्यक्रम ल्याउने, सरकारको मातहतका सार्बजनिक संस्थानहरुको स्तरोन्नती गर्ने, स्थानीय तहका लागी २ खर्ब २५ अर्ब ५ करोड४५ लाख ९१ हजार बजेट बिनियोजन गरिएको छ । मरिा तथा सूर्तिजन्य पदार्थको भन्सार शूक बढाईन बजेटको कार्यक्रम छ । १७ बर्षमा १७ हजार बिद्युत उत्पादन गर्ने लक्ष राखिएको छ ।  हुण्डी तथा बिदेशी मुद्रा अपचलन नियन्त्रण, कलाकार, खेलाडी लगायतलाई पान नम्बर लिनुपर्ने नियम बनाईने लगायतका  लगायतका कार्यक्रम समाबेस छन् ।

 मेलम्ची खानेपानीलाइ ६ अर्ब, सिचाईको लागी २७ अर्बको बजेट बिनियोजन गरिएको छ ।

अर्थमन्त्री महराले बजेट भाषण गर्ने कार्यक्रम रहिरहेको छ ।