राजनीति

पत्रकार सम्मेलन गरेर मतगणना छिटो सुचारु गर्न एमालेको माग

चितवन । नेकपा एमाले चितवनले रोकिएको मतगणना अघि बढाउन माग गरेको छ । गएराती मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सुचारु गर्न उमालेले आज पत्रकार सम्मेलन गरी माग गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले मतपत्र माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलिप पौडेलले च्यातेको आरोप लगाएक छन् ।
सो क्रममा जारी गरिएको विज्ञप्तमिा पराजय स्वकिार्न नसकेको र मतपत्र च्यातिएको दाव गरिएको छ ।
तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडिया मार्फत् जानकारी दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना माग एमालेको छ । राती करिव पौने १२ बजे मतपत्र च्यातिएपछि यहाँ अहिले अनिश्चितकालका लागि मतगणना रोकिएको छ ।
माओवादी र एमालेले एक अर्कालार्इ दोषारोपण गरेका छन् ।