पु.समाचार

माओवादीले मतपत्र च्यातेलगत्तै देवी ज्ञवालीले दिए कडा प्रतिक्रिया

चितवन । भारतपुर महानगरको मतगणनास्थलमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेर मतगणना कार्य रोकिएपछि एमालेका तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवाली नयाँ प्रतिक्रिया दिएका छन् । ज्ञवालीले माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको भन्दै कडा प्रतिक्रिया दिएका हुन् ।

यो घटनाका बारेमा आफुहरुले पहिल्यै जानकारी पाएको तर सुरक्षा निकायले यसमा बेवास्ता गरेको समेत उनले आरोप लगाए । माओवादी चितव जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का एक प्रतिनिधिले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । मतपत्र च्यातिएलगत्तै मतगणना कार्य अनिश्चितकालका लागि स्थागित गरिएको छ ।