मनोरञ्जन

रामकृष्णको ढाकालको स्वरमा सजिएको आयो फेरि अर्को नयाँ उपहार ! (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोकश्रीको संगीत र सरु भट्टराइको शब्द रहेको सांगीतिक एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ । गीतकार सरु भट्टराई अम्गाईको पहिलो प्रस्तुतिका रुपमा आएको बाध्यता एल्बमको ‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

राजेश ढकालले छायाँकन गरेको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएको छ । जेठ १० गते युटुवमा सार्वजनिक गरिएको उनको नयाँ गीतले प्रेम वियोगको गहिरो भाव बोकेको छ ।

दशौं वर्षदेखि संगीत क्षेत्रमा लागिपरेका ढकालका फ्यानहरुलाई ‘बाध्यता’ एल्बम नयाँ उपहार सिद्ध हुने देखिन्छन् । परिचित गायक ढकालले गीतका शब्दहरुलाइ न्याय दिएका छन् । यस्तो छ वाध्यताको भिडियोः