राजनीति

भरतपुर मतगणनास्थलमा वाइसिएल जिल्ला इन्चार्जले मतपत्र च्याते, मतगणना स्थगित

चितवन । मध्यरातमा मतगणनाको बिषयलाई लिएर भरतपुर तनाव उत्पन्न भएको छ । अहिले मतगणनास्थल वरपरको सुरक्षाअवस्था कडा बनाईएको छ । अहिले मतगणना कार्य स्थगित भएको छ । मतगणनास्थलभित्र चर्को स्वरमा होहल्ला भईरहेको छ भने मतपेटिकाहरु शसस्त्र प्रहरीले सुरक्षा दिएर राखेको छ ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवार एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेपछि तनाव बढेको थियो । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि बसेका द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । अहिले न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।