राजनीति

नेविसंघका नेता आमरण अनसनमा

धनगढि । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमान ब्यबहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पुर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका छन् ।