पु.समाचार

प्रधानन्यायायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेस–माओवादीको यस्तो तयारी

काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन् । यसपछि एमालेले भने प्रतिक्रिया दिइसकेको छैन ।