राजनीति

राजनीतिकबृतमा भरतपुर मेयर रेणुले जित्ने दावी गर्न थालियो, उपमेयरमा काँग्रेसकी पार्वती शाह विजयी

भरतपुर । भरतपुर महानगमा निर्बाचन मतपरिणामको नतिजा अन्तिम-अन्तिममा पुगेको छ । जति अन्तिम जाँदैगर्छ त्यती नै भरतपुरको मतपरिणाम अनपेक्षीत हुंदै गएको आँकलन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल मेयरको उमेर्द्वार भएका कारण जनताको चासोको रुपमा हेरिएको भरतपुरको नतिजा केहि दिन अगाडी मात्र एमालेका देवी ज्ञवालीले  चार हजार मतको हाराहारीमा अग्रता कायम गरेका थिए । शुक्रबार र शनिबार मतगणना गर्दा घटेर १५/१७ सय मतान्तर पुगेको मत आईतबार अपरान्ह हुंदै जाँदा माओबादी  केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहालले झण्डै ६ सयको हाराहारीमा मतान्तर कायम गरेकी छिन् । अझै ५००० भन्दा बढी मतगणना गर्न बाँकी रहेको उक्त महानगरमा रेणु दाहालले नै झिनो मतले जित्ने अनुमान राजनीतिक बृतमा लगाउन थालिएको छ ।

रेणु दाहालले जित्ने कुरामा एमालेपक्तीं भने सहमत छैन । उनीहरुले आफैंले जित्ने दाबी गरिरहेका छन् । मतान्तर घटेकोले भने एमालेगणहरु स्तब्ध भने छन् । काँग्रेस माओबादी केन्द्र तालमेल भएको उक्त महानगरमा काँग्रेसकी पार्वती शाहले जित्ने भन्ने कन्फर्म भईसकेको छ । पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीको ४१४२१ मत समेत अग्रता कायम छ भने रेणु दाहालको ४०६६६ मत कायम छ । मतअन्तर ७५५ देखिन्छ ।