राजनीति

शुसीला कार्की बिरुद्धको माहाअभियोग प्रस्ताव फिर्ता

काठमाण्डौ । सर्बोच्च अदालतकी प्रधानन्यायधीश शुसीला कार्कीलाई माहाअभियोग लगाउन संसदमा दर्ता गरिएको प्रस्ताव फिर्ता हुने भएको छ । उक्त प्रस्ताब मूख्य दलहरुबीचमा अगाडी नबढाउनेगरी सहमती भएपछि आईतबार प्रस्ताबक र समर्थकले फिर्ता लिएपछि फिर्ता हुने भएको हो ।
काँग्रेस र माओबादी केन्द्रको हस्ताक्षरमा प्रधानन्यायधीश कार्कीलाई महाअभियोग लगाउन काँग्रेस साँसद मीन बिश्वकर्मा र माओबादी केन्द्रका प्रमुख सचेतकले २५९ जना साँसदको हस्ताक्षर गरी संसदमा दर्ता गराएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अबरोध खुलाउन सरकार घटक दलहरुले उसको माग पुरा गर्न उक्त प्रस्ताब फिर्ता लिएका हुन् ।
सभामुखलाई आईतबार दिएको निबेदनमा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्तावलाई अगाढी नबढाउन अनुरोध गर्दछौं भनिएको छ ।