राजनीति

काँग्रेस नेता डा.कोईरालाले बामदेबको क्षेत्रमा गएर एमालेप्रति यस्तो आक्रमक भाषण दिए

प्युठान । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभाबशाली नेता डा. शेखर कोईरालाले लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको बताएका छन्। जातिय सदभाब बिथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल-भूलैयामा नलाग्न जनतालाई आग्रह गरेका छन्।

नेपाली काँग्रेस स्वर्गद्धारी नगरसमितीले प्यूठानको भिंग्रीमा आयोजना गरेको चूनावी सभालाई संबोधन गर्दै डा. कोईरालाले एमाले गफ चुटेर जनता भ्रमित पार्ने पार्टी भएको पनि बताए।
कार्यक्रममा नेपाली काँग्रेस प्युठानका सभापती अमर भन्डारी, पूर्वसभापतीहरू दिवाकर गौतम, सुवाश केसी लगायतले आफ्नो धारणा राखेका थिए।कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका डा. कोईरालाका स्वकिय सचिब दिनेशचन्द्र थपलियाले सुर्यखबरलाई बताएका छन्।
उक्त नगरपालिका एमालेका प्रभाबशाली नेता बामदेब गौतमको क्षेत्र हो । डा. कोईरालाले यसभन्दा अघि पनि बामदेशको क्षेत्रका झण्डै पाँच सय एमाले नेता कार्यकर्तालाई काँग्रेस प्रबेश गराएका थिए । उनी उक्त कार्यक्रममा एमालेप्रति ज्यादै आक्रमक रुपमा प्रश्तुत भएका थिए ।