पु.समाचार

मुलुकलाई लोडसेडिगं मुक्त बनाएपछि कुलमानले बिजुलीको तारलाई अण्डरग्राउण्ड गर्ने

काठमाण्डौ । लोडसेडिगं मुक्त गर्न सफल भएर जनताकामाभ हाई हाई कमारएका बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिगंले अब अण्डरग्राउण्ड बिजुलीको तारबाट हुने आगलागी कम गर्ने उद्येश्यले अण्डरग्राउण्ड तार बिछ्याउने कार्य थाल्ने भएका छन् ।

प्रथम चरणमा रत्नपार्क र माहाराजगञ्जमा अण्डरग्राउण्ड तार बिछ्याउने तयारी गरिरहेका कुलमान घिसिगंले केहि हप्तामा नै त्यसका लागी प्राधिकरणले टेण्डर आह्वान गर्ने बताएका छन् । त्यसपछि उपत्यकाका बिभिन्न ठाँउमा बिस्तारै सबै तारहरु अण्डरग्राउण्ड गरिनेछ । राजधानीको अब्यबस्थित शहर र तारहरुको अब्यबस्थीत रुपमा पोलमा रहेर सर्ट भई आगलागीका घटनाहरुमा कमी आउने उनको बिश्वास छ ।

उनले आईतबार बिहान ८.७ मिनटमा फेसबुकमा ट्वीट गर्दै मुलुकबासीहरुलाई उक्त खुसीको कुरा साटेका छन् । बिद्युत प्राधिकरणले खरीद गर्न लागेको बल्बमा घोटाला भयो भनेर बिबाद आएपछि पत्रकार सम्मेलनमा रोएका कुलमान आईतबार पहिलोपटक सार्बजनिक रुपमा बोल्दैछन् । उक्त केशमा कुलमानले ब्यापक जनसमर्थन पाएका   थिए ।