मनोरञ्जन

बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘ट्युबलाइट’ को ट्रेलर सार्वजनिक गरिएको छ । सलमानलाई लिएर यसअघि पाकिस्तानबाट भारत आएकी बालिकालाई घर फर्काउँदाको कथामा ‘बजरंगी भाइजान’ निर्देशन गरेका कवीर खानले यसपटक चीनको कथा समेटेका छन्।

फिल्मका निर्माता सलमान खान आफैं हुन्। इदमा रिलिज हुने चलचित्रमा सलमानका अलावा उनका भाइ सोहेल खान र चिनिया अभिनेत्री झु झुको पनि मुख्य भूमिका रहेको छ