आर्थिक

काठमाण्डौ–तराई दुर्तमार्ग निर्माणको काम आजदेखि सुरु हुँदै

हेटौडा । २०७३ मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष समिति बनाए ।

उक्त समिति लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय दवावपछि अब फास्ट ट्रयाकको काम सुरु हुन निश्चित भएको छ । फास्ट ट्रयाक निर्माणका लागि ती युवाहरुको समितिले पनि कम्ति दबाब दिएन । अब भने फास्ट ट्रयाकको काम सुरु हुने निश्चित भएको छ ।

सो मार्ग निर्माणको जिम्मा सेनालाई दिन आईतबार प्रधानमन्त्री आफै निर्माण प्रारम्भका लागि बाराको निजगढ पुग्दैछन् । आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, अव उक्त मार्ग निर्माणलाई तीब्र गतिमा अघि बढाईने छ ।