पु.समाचार

ठूला पार्टीले राखेको प्रस्ताव सिधै अस्वीकार गर्दै राष्ट्रिय जनता पार्टीले राख्यो यस्तो कडा अडान

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावपछि संविधान संशोधन प्रयास गर्ने आश्वासन दिदै हाललाई चुनावमा भाग लिन ठुला तीन दलले गरेको आग्रह राष्ट्रिय जनाता पार्टी राजपाले अस्वीकार गरेको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, उसले स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा तत्कालै बृद्धि गरेमात्र संशोधन विधेयक अनुमोदनको विषयमा सोच्न सकिने बटमलाईन राखेको छ ।

अन्यथा आफ्नो दलले चुनावमा भाग नलिने कडा अडान सो पार्टीले राखेको छ ।