राजनीति

काठमाडौँ महानगरको मेयरमा बिद्यासुन्दर, उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौँ । निर्बाचन कार्यालयको १३ दिनको ढिलासुस्तीको मतगणनापछि काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।  उपमेयरमा भने काँग्रसकी हरिप्रभा खड्गी ( ५८९५२) भारी मतका साथ विजयी भईन् । एमालेले राप्रपासंग तालमेल गरेर मेयरमा जिजयी पनि राप्रपाका उमेर्द्वार राजाराम श्रेष्ठ ( ३४८५४)भारी मतान्तरले काँग्रेस उमेर्द्वार खड्गीसंग पराजित भए ।

प्राप्त अन्तिम परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्य (६४९१३)विजयी भएका छन् ।
त्यसैगरी, नेपाली काँग्रेसका राजुराज १९६४४ मतान्तरले पराजय भएका छन् । राजुराजले निकट्तम् प्रतिद्वन्दीको रुपमा ४५२६९ मत ल्याएका छन् ।  मेयरमा नै विवेकशील नेपाल पार्टीकी रञ्जु (२३४३९)सानदार रुपमा तेस्रो स्थान कायम गरिन भने चौथो स्थानमा साझा पार्टीका किशोर थापा (१८४९६) कायम गरेका छन् ।

काँग्रेस कार्यकर्ताहरु मेयर एमालेले जितेपनि उपमेयर  आफ्नो पार्टीबाट विजयी भएकोमा खुसी नै छन् ।

उपमेयरमा तेस्रो स्थान कायम गर्न साझा पार्टीकी निरुपमा यादब ( ११५३३) भईन् भने चौथोमा माओबादी केन्द्रकी शुसीला पौडेल ।

काठमाण्डौ महानगरपालीकाको जम्मा ३२ वटा  वडामध्ये १८ वटा वडामा एमाले र १४ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
राती मतगणना गर्न बाँकी रहेको १६ नम्बर वडाको मत सार्बजनिक गरिएकोले उक्त मतगणना आएपछि काठमाण्डौ महानगरको अन्तिम मतपरिणाम सार्बजनिक हुने छ ।

काठमाण्डौ महानगरको मतपरिणाम आएसंगै महानगरहरुमा भरतपुरको मात्र मतगणना सार्बजनिक हुन बाँकी छ ।