राजनीति

काठमाण्डौ १६ मा काँग्रेसका रिजाल मध्यरातमा लालकिल्ला तोड्दै यसरी भए विजयी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको वडा नम्बर  १६ मा नेपाली काँग्रेसका मुकुन्दप्रसाद रिजाल विजयी भएका छन् । काठमाण्डौको मतगणनाको नै अन्तिम चरणमामा सम्पन्न भएको उक्त मतगणनाले एमालेका तर्फबाट वडाध्यक्षमा प्रत्यासी बनेका बिश्वराम साप्कोटालाई काँग्रेसका रिजालले पराजित गरे । स्थानीय वडाका  काँग्रेस कार्यकर्ताहरु लालकिल्ला तोड्न सफल भएकोमा उत्साही भएको बताउछन् ।

शुरुदेखि नै दुईउमेर्द्वारबीचमा निकै नै प्रतिश्पर्धा चलेपनि वडाध्यक्षमा काँग्रेसका रिजाल विजयी भए तर बाँकी सबै सदस्यहरुमा भने एमालेले जित हाँशिल  गर्यो । ६९ मतले विजयी हाँशिल गरेका रिजालले ४३९९ मत प्राप्त गरेका छन् ।
१६ नम्बर वडाका काँग्रसीहरुले लालकिल्ला तोडेकोमा आईतबार रातीदेखि नै उत्शब मनाउन थालेका छन् । काठ्माण्डौ महानगरको मेयरमा भने एमालेका विद्यासुन्दर शाक्य बिजयी भएका छन् भने उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी विजयी भईसकेकी छिन् ।