राजनीति

भरतपुर महानगर मतगणनामा एमालेका ज्ञवालीको मतान्तर घटयो, रेणुले एक्कासी मत बढाईन

भरतपुर । भरतपुर महानगरको मतपरिणामले पछिल्लो मतगणनातिर नेपाली राजनीतिक बृत तातेको देखिएको छ । माओबादी केन्द्रको तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहाल र एमालेका तर्फबाट उमेर्द्वार देवी ज्ञवालीबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ ।
शुक्रबार सम्म १५ सय दुई हजारको फरकमा गएको मतगणना शनिबार आएर फरक घटेको छ ।

देवी ज्ञवालीको ३८१८५ मत छ भने रेणु दाहालको ३६७२२ मत छ । केहिदिन अगाडी झण्डै ४ हजारले रेणुभन्दा बढी मत बनाएका ज्ञवाली अहिले भर्खरको परिणाम अनुसार १४६३ मतको अन्तरमा छन् । यसबाट अझै १५ हजार मतगन्न बाँकी रहेको भरतपुरमा यसले विजयी हाँशिल गर्न सक्छ भन्ने अवस्था नरहेको बताईन्छ ।

काँग्रेससंग तालमेल गरेर आफ्नी छोरीलाई उमेर्द्वार बनाएका प्रधानमन्त्री दाहालको उक्त महानगरमा जित्नु प्रतिष्ठाको बिषय छ भने पहिलेदेखि नै मतगणनामा अगाडी आएको एमालेले हार्दा देशभरका एमाले कार्यकर्तालाई निरासा हुन सक्छ । काँग्रेस कार्यकर्ता भने माओबादीसंग तालमेल भएपनि आफ्नो पार्टीले विजयी नगर्ने हुंदा कागलाई बेल पाक्यो हर्ष न बिस्मात भएको प्रतिकृया दिन्छन् ।

उपमेयरमा काँग्रेसकी पार्वती शाहको जित भने कन्फर्म नै छ, पार्वतीको ४०५२६ मत छ भने एमालेकी दिब्या शर्माको ३४८६४ मत छ । पोखरा महानगरमा एमालेले जितिसकेको छ भने काठ्माण्डौमा पनि एमालेका बिद्यासुन्दर शाक्य कन्फर्म नै छन् । ललितपुर भने काँग्रेसले जितेको छ । चितवनमा माओबादी केन्द्र लै नै जित्छ त भन्ने प्रश्नचिन्ह पछिल्लो मतगणनाले देखाएको छ ।