विचार/ब्लग

प्रधानमन्त्री बन्नै लागेका काँग्रेस सभापति देउवालाई, पौडेललाई प्रम बनाउन आग्रह गर्दै बैंकर कुँवरले यस्तो लेखे खुल्ला पत्र

 काठमाण्डौ । संसदमा प्रतिनिधित्व गर्ने मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा लागेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका काँग्रेस सभापति शेरबहादुर देउवासंगको सहमती अनुसार प्रधानमन्त्रीले राजीनामा दिएका छन्, उक्त राजीनामा पश्चात राष्ट्रपति बिद्यादेवी भण्डारीले सहमतीको प्रधानमन्त्री बनाउन संबिधान अनुसार दलहरुलाई आग्रह गरेकी छिन् ।

एक सातामा सहमती बन्न सक्ने अवस्था नभएमा बहुमतीय प्रधानमन्त्रीको लाईनमा सरकार निर्माण प्रकृया जाने छ, माओबादी अध्यक्ष दहालले देउवासंगको साथ नछाडेमा देउवा प्रधानमन्त्री बन्नेछन्, बर्तमान अवस्था सम्मको दुई नेताहरुको सम्बन्धलाई हेर्दा सहकार्य छुट्ने सम्भाबना ज्यादै न्यून छ । देउवा प्रधानमन्त्री हुन्छन हुदैनन् त्यो एकसातापछि सबैलाई जानकारी हुने कुरा नै हो ।

यसैबीचमा बैंकर परशुराम कुँवर क्षेत्रीले फेसबुकबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन आग्रह सहित यस्तो सुझाब दिएका छन् ।  कुँवरको सुझाबलाई फेसबुकमा समर्थन गर्दै सेयर, लाईक र कमेन्टमा समर्थन गर्नेहरुको संख्या पनि उच्च देखिन्छ ।

 बैंकर नेपालले काँग्रेस सभापति देउवालाई खला पत्रको रुपमा  दिएका सुझाबहरु :-

परशुराम कुँवर क्षेत्री

शेर बहादुर देउवाज्युलाई खुलापत्र
आदरणीय भूपू प्रम शेर बहादुर देउवाज्यु,
हार्दिक नमन !
म यो देशलाई माया गर्ने, देशको अवस्था प्रति सँधै चिन्तित भईरहने, देशले राम्रो उन्नति प्रगति गर्नसक्छ भन्ने आशावादी, पहाडमा हुर्के बढेको र जिविकोपार्जनको लागि काठमांडूमा वर्षों देखि संघर्षरत, कसैको एकोहोरो समर्थन वा विरोध नगरिकन सहीलाई सही र गलतलाई गलत भन्ने एक नागरिकका हिसावले तपाईलाई यो खुलापत्र मार्फ़त केही सुझाव दिदै छु ! आशा गर्दछु तपाईले यी सुझावहरुलाई गम्भीरतापूर्वक मनन गर्नु हुनेछ!

भावी प्रम रामचन्द्र पौडेललाई !
तपाई फेरी प्रम हुने कुरा आईरहेको छ। यो भन्दा अघि ३/३ चोटी प्रम भएको तपाई जस्तो व्यक्तित्वले किन प्रम हुनु पर्यो र ? के प्रम भएर नै महान राजनेता भईने हो र ? पुष्पलाल र गणेशमान जस्ता प्रातस्मरणीय राजनेताहरु नेपाल आमाले हामीलाई दिईन् ! के वहाँहरु यो देशको प्रम हुनु भएको हो ररु भारतमा महात्मा गान्धी, राम मनोहर लोहिया, जयप्रकाश नारायण आदि महान नेताहरु के भारतका प्रम भएका थिए र ?
मेरो विचारमा अवको प्रममा रामचन्द्र पौडेललाई समर्थन गर्नोस् ! के पौडेल हार्ने चुनाव मात्र लड्ने नेता हुन ररु सवैलाई समेटेर अघी बढ्ने भनेको यही हो ! अहिले कांग्रेस भीत्र टड्कारो रुपमा दुई गुट भएको र पौडेलको गुटलाई कुनै वास्ता नगरिकन तपाईले एकलौटी निर्णय गरेको देखिन्छ । यसले तपाईको दललाई निकै हानि गरेको प्रष्ट नै छ ! यो सम्वोधन गर्नु तपाई र कांग्रेसको लागि हितकारी हुनेछ! अहिले सत्ताधारी दलहरु र विपक्षी दलहरुको सम्बन्ध धेरै चिसियको छ ! संविधान कार्यन्वयनको यस चुनौती पूर्ण घडीमा सवैलाई मिलाएर र समेटेर लैजादा तपाईको, कांग्रेसको र देशको हित हुनेछ ! संभव भएसम्म राष्ट्रीय सरकार गठन गर्न सक्नु देशको लागि हितकर हुनेछ ! यसै पनि अहिलेको संसद कामचलाउ र सरकार चुनावी हो !

कांग्रेसको संगठन पुनर्निर्माण
तपाईले कांग्रेसको संगठन निर्माणमा केन्द्रित हुनु राम्रो हुनेछ । केही वर्ष अघि कांग्रेसको हालत यस्तै ख़राब हुदा गिरीजा प्र. कोइरालाले कांग्रेसलाई पहिलाको स्थितिमा नपुर्याई विस्राम लिन्न भनेका थिए र त्यसै अनुरूप उनले गाँउ-गाँउ, शहर-शहर घुमेर संगठनलाई मजवुत गरेर कांग्रेसलाई विजय गराएका थिए! तपाईको कार्यशैली र तपाईले गरेका निर्णयहरुले तपाई र काग्रेशको छवि र साख नराम्ररी खस्केको छ र यो पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा (खास गरेर नगर क्षेत्रमा जहाँका नागरीकहरु बढी चेतनशिल मानिनछन्) चित्रण भएको छ! यो निर्वाचन पछि मैले तपाईका थुप्रै सकृय कार्यकर्ताको मनोबल टुटेको पाएको छु । कतिपयले अव निष्कृय भएर बस्ने भनेका छन् भने कतिले त साधारण सदस्यबाट नै राजिनामा दिने कुरा गरिरहेका छन् । यसर्थ कार्यकर्ताको मनोबल उच्च पार्न संगठन मजवुत गर्नमा आफुलाई समर्पण गर्न सुझाव दियको हुँ । यो काम उच्च नेतृत्व ले मात्र गर्न सक्छ । यसै पनि, प्रथम चरणको निर्वाचनमा कांग्रेसको जुन गति भयो, त्यसको ज़िम्मेवारी नेतृत्वको हिसावले तपाईले नै लिनु पर्छ १ ज़िम्मेवारी लिनुको साटो खराव चुनावी परिणाम हुदा हुदै आफै प्रम भएर आफैलाई पुरस्कृत गरेको सुहाउदैन !

मिडिया, सामाजिक संजाल र जनभावना
जनताको भावना मिडिया र सामाजिक संजाल मार्फ़त व्यक्त भएको हुन्छ१ जसले जनताको भावना अनुसार काम गर्दछ र जसले आफुले गर्न खोजेको कामको औचित्य जनता समक्ष पुस्टि गर्न सक्छ त्यही नेता र दल सफल हुने हो १ तपाईलाई थाह छदैछ ( केही वर्ष अघी) भारतमा सोनिया गान्धी प्रम हुन ठिक्क परेकि थिईन । उनीलाई उनको दल र गठबन्धनले प्रमको लागि पूर्ण समर्थन गरेको थियो । भारतीय संविधानमा अंगिकृत नागरीक प्रम हुन नपाउने भन्ने व्यवस्था थियन र छैन । तैपनि विपक्षी र मिडियाको आवाज़ सुनेर उनी प्रम हुन चाहिनन् । उनी प्रम नभयर नै महान कहलिईन ।
नेपालमा पनि विपक्षी लगायत धेरै मानिसहरुले चाहेका थिय कि प्रम प्रचण्डले दोस्रो चरणको स्थानीय निर्वाचन पछि मात्र राजिनामा दिउन तर तपाईले मान्नु भएन। जनताको जनभावना बुझ्नु भएन र जनता समक्ष पदलोलुप प्रमाणित हुनु भयो ! चुनावको मुखमा, वजेटको समयमा एक किसिमले सरकारविहिनताको अवस्था सृजना गरिदिनु भयो! तत्काल राजिनामा दियर प्रचण्ड जति अग्ला भए त्यति नै तपाई होचो हुनु भयो ! 
म हालैको अर्को एक दृष्टान्त दिन्छु : प्रथम चरणको चुनाव हुनु भन्दा २-३ दिन अघी एमालेका नेता योगेश भट्टराईले एउटा अलि अप्रिय ट्विट गरेका थिए । त्यसमा मैले पनि ‘देशले आशा गरेको तपाई जस्तो होनहार नेतावाट यस्तो टिप्पणी आएको सुहाएन’ भनेर कमेंट गरेको थिए । अरूहरु ले पनि यस्तै आलोचनात्मक टिप्पणी गर्नु भएको थियो! अन्तत योगेसजीले त्यो ट्विट नै हटाउनु भयो । यो हो जनभावना अनुसार काम गर्ने भनेको – सानों उदाहरण । तपाईको कार्यशैली र निर्णयहरुमा जनताहरुले सामाजिक संजालमा लगातार थुप्रै असन्तुष्टी पोखेका छन् र थिए। थुप्रै मानिसहरुले ‘काँग्रेशको मतदातावाट राजिनामा’ भनेर सामाजिक संजालमा गरेको पोष्ट म आफैले पढेको छु । तर तपाईले यी आलोचना र सामाजिक संजालका पोष्टहरुलाई नजर अन्दाज़ गर्दै एक पछि अर्को ग़लत काम गर्दै जानु भयो । जनभावनालाई पूर्ण रुपमा लत्याउनु भयो! यस्को मुल्य अलिकति अहिलेको निर्वाचनमा तपाईको दलले तिर्यो र जनभावना अनुसार काम गर्ने शैली परिवर्तन नगरेमा आगामी निर्वाचनमा तपाईको दलले तिरिराखेको हुनेछ । मेरो सुझाव छ- एउटा मिडिया र सामाजिक संजाल अनुगमन र व्यवस्थापन गर्ने दरो टिम वनाउनोस् ! पुर्वाग्रहपूर्ण पोष्ट, टिप्पणी र समाचारको कड़ा खण्डन गर्नोस् र रचनात्मक आलोचनालाई आत्मसात गर्नोस् ! आफुले गर्न खोजेको काम मिडियामा राख्नोस् – बहस र प्रतिकृयाका लागि । आफुले गरेका कामहरु मिडिया र सामाजिक संजाल मार्फ़त प्रचार प्रसार गर्नोस् ।
मान्छेहरुले गल्ति गर्छन तर त्यो गल्ति सच्याउने मौक़ा पाउदैनन् । तपाईले गल्ति सच्याउने मौक़ा पाउनु भएको छ, कृपया सदुपयोग गर्नोस् । ‘देउवा प्रम हुदा देशलाई डुवाए र कांग्रेस को नेतृत्व समाल्दा पार्टीलाई नै डुबाए’ भन्ने आरोप जो तपाईमा आम जनताले लगाईरहेका छन् त्यसलाई ग़लत सावित गर्न तपाईले मेहनत गर्नै पर्छ । आफ्ना वरिपरि वस्ने मान्छेहरूको झुण्डको मात्र कुरा नसुन्नोस् !
धन्यवाद !
तपाईको एक शुभचिन्तक !