अन्तर्राष्ट्रिय

इजिप्टद्वारा लिवियाको डेर्ना शहरमा एकैपटक ६ वटा हमला

एजेन्सी । कोप्टिक ईसाईहरुलाई लक्षित गरी आक्रमणहरु भएपछि इजिप्टको सेनाले ुआतंकवादीहरुका तालिम केन्द्रुविरुद्ध हमलाहरु गरेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमहरुका अनुुसार छिमेकी लिबियाको सीमा क्षेत्रमा अवस्थित डेर्ना शहरमा एकैपटक ६ वटा आक्रमण गरिएको हो ।

त्यसअघि बन्दुकधारीहरुले मध्य इजिप्टमा ईसाई धर्मावलम्बीहरु चलेको एउटा बसमा आक्रमण गर्दा कम्तीमा २८ जना मारिएका थिए भने २५ घाइते भएका थिए ।

इजिप्टका राष्ट्रपति सीसीले जहाँसुकै रहेका आतंकवादी शिविरहरु विरुद्ध आक्रमण गर्न आफू पछि नहट्नेू बताएका छन् । शुक्रबार अबेर टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले दुष्टहरुबाट आफ्ना जनतालाई बचाउनेु वाचा गरे।

आतंकवादविरुद्धको लडाइँलाई साथ दिइरहेका देशहरुलाई दण्ड दिन नहुने भन्दै उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सहयोगका लागि आग्रह गरे ।