समाचार

५४ जना विरामी हुनेगरी बनाएको श्राद्धको खानामा के मिसिएको थियो ? चिकित्सकले दिए यस्तो संकेत !

धादिङ । धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमाध्ये सामान्य अवस्थाका १० जनाको शुक्रबार डिस्चार्ज भएको छ । यही जेठ ९ गते धादिङको आदमटार ६ मा श्राद्धको प्रसाद खाएका व्यक्तिहरु फुड प्वाइजन भएर १० गते राति ११ बजे टेकु अस्पतालमा भर्ना भएका थिए ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा.रमेशकुमार खरेलले भने, ‘श्राद्धको प्रसाद खाने क्रममा बोडीको तरकारी खाएको र त्यसमा किरा मार्ने विषादी प्रयोग भएको तथा निर्मलीकरण राम्रोसँग नभएको भन्ने अनुमान गरिएको छ ।’ १० जना विरामी डिस्चार्ज भएको र अन्य विरामीहरु पनि खतरामुक्त रहेको डा.खरेलले बताए ।