पु.समाचार

किन हुन सकेन नयाँ प्रधानन्यायाधीशको सिफारिस ? यस्तो छ कारण

काठमाडौं । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ । नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट १ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ १४ गतेसम्म मात्र रहेको छ ।