पु.समाचार

राष्ट्रपतिद्वारा आफ्नै परिवार सुशोभित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।

राष्ट्रपति निवासमा आयोजित समारोहमा भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् ।

शनिबारको नागरिकमा लेखिएको छ, सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे ।