पु.समाचार

शनिबार बिहानै काठमाण्डौ-१० मा काँग्रेसका केसीको प्यानलै विजयी

काठमाण्डौ । काँग्रेसका पुर्ब महामन्त्री तथा प्रभाबशाली नेता प्रकाशमानसिहको क्षेत्रमा पर्ने काठमाण्डौ वडा नम्बर १० को राती सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका वडाध्यक्षका उमेर्द्वार रामकुमार केसी बिजयी भएका छन् । नेकपा एमालेका तर्फबाट उमेर्द्वार बनेका श्याम तण्डुकारलाई पराजित गर्दै काँग्रेसका रामकुमार केसी विजयी भएका हुन् ।

शुरुमा मतगणना हुंदा तीन सय प्रतिशत बढी मत केसीको देखिएपनि पछिल्लो अवस्थामा आउदासम्ममा एमालेका तण्डुकारले मतग्याप घटाएका थिए ।

वडा नम्बर १० मा केसीको प्यानलै विजयी भएको छ । विजयी हुने सदस्यहरुमा नीरोज अर्याल, शतिस तण्डुकार, रोहीणी श्रेष्ठ, सुनिता भित्रकोटी(परियार) छन् ।

विवेकशील नेपाली पार्टी र साझा पार्टीका उमेर्द्वारहरुले भोट काटेका कारण काँग्रेसल धरमरमा भएपनि जित्ने सवालमा बानेश्वरबासीहरु विश्वस्त थिए त्यही बिश्वास कायम रहेको वडा नम्बर १० का काँग्रेस नेताहरु बताउछन् । वजयी भएपछि बिहानैदेखि स्थानीय काँग्रेसले उत्शब मनाउने तयारी गरिरहेको बताइएको छ ।