राजनीति

मधेसी मोर्चाले निर्बाचनमा भाग नलिने बताउदै घोषणा गर्यो यस्ता आन्दोलनका कार्यक्रम

काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको नेपाली जनता पार्टीले दोस्रो चरणको निर्बाचनमा भाग नलिने बताएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले गठबन्धनसंगग भएका तीन बुंदे सहमती सरकारले कार्यान्वयन नगरेकोले उक्त निर्बाचनमा भाग नलिने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुरद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ छुटेका मतदाताहरुको नामावली थप्ने थपेमा, दोस्रो चरणको स्थानीय तहको निर्बाचनमा पार्टीले मागेको छाता चिन्हमा निर्बाचन लड्ने अभियानलाई सहयोग गरेमा भने निर्बाचन लड्ने सम्भाबना रहेको समेत बताएको छ ।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिँह भण्डारी, राजकिशोर यादब, महेन्द्र यादब लगायतका शीर्ष नेताहरु उपस्थित भएको उक्त बैठकले सरकारले मधेसमा भर्खरैमात्र थपेका केहि स्थानीय तहहरु वैज्ञानिक नभएको निश्कर्ष निकाल्दै उमेर्द्वारी दर्ता गर्ने दिन जेठ १८ र १९ गते आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।
आदोलनका कार्यक्रममा लाठी जुलुस र निर्बाचन कार्यालय घेराउ जस्त कार्यक्रमहरु रहेका छन् ।