आर्थिक

एनआईसी बैंककाे सहायक प्रमुखमा न्यौपाने र पाण्डे नियुक्त

काठमाण्डौ । नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्दै राष्ट्रको समग्र बैंकिङ विकास, वित्तीय क्षेत्रमा सर्वसाधारण जनताको पहुँचको अभिवृद्धि, सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा बमोजिमको कार्य सम्पादन गर्न सफल एन आई सी बैंकले आफ्नो कार्य कुशलतामा थप निखार ल्याउन रोशन कुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुनु हुन्छ । नबनियुक्तहरु करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल बाट बैंकिङ सेवामा प्रवेश रेका थिए ।

न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्दछन् ।
त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका अनुभवी ब्यक्त हुन् ।

लामो बैंकिङ अनुभव सम्हालेका एवं कुशल व्यवस्थापक सुधिर पाण्डे तथा बैंकिङ क्षेत्रको सर्वाङ्गिण विकासको लागि अन्तराष्ट्रिय मान्यताहरु र नविनतम सोचहरु नेपालको बैंकिङ क्षेत्रमा भित्रयाउन दक्ष एवं कुशल रणनीतिक योजनाकार रोशन कुमार न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा गरेकोछ ।