राजनीति

यी हुन् कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरु (नामसहित)

काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सात दिनको समयसीमा तोक्दै सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् । दलीय सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यो पटक सरकारको नेतृत्व गर्दैछन् । अबका सात दिन सभापति देउवाले सहमतीय सरकार गठनको लागि पहल गर्नेछन् । सहमतीय सरकार गठन गर्न नसके बहुमतीय प्रक्रियाबाट सरकार गठन हुनेछ ।

यो पटक प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका प्राय सबै दलहरु देउवा नेतृत्वको सरकारमा समेत सहभागी हुने सम्भावना देखिएको छ । मधेसी मोर्चामा आबद्ध दलहरुले सरकारमा सहभागीता हुनेबारे कुनै निर्णय नगरे पनि देउवाले राष्ट्रिय जनता पार्टी र राप्रपालाई समेत समेटेर सरकार गठन गर्ने तयारी गरेको श्रोतले बताएको छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टीले देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न सक्ने सम्भावना पनि उत्तिक्कै रहेको छ, किनभने संसदमा विचाराधीन संविधान संशोधनको मागलाई कार्यान्वयन गराउन पनि राजपाले देउवालाई सहयोग गर्ने सम्भावना उतिक्कै छ । त्यसर्थ, देउवाले संविधान कार्यान्वयनमा आश्वस्त पार्दै राजपालाई सँगै लिएर जाने तयारी गरिरहेको श्रोतको दावी छ ।

 बरिष्ठ नेता रामचन्द्र पौडेल – शसाँक कोईराला टीमले प्रधानमन्त्री देउवापश्चातको नेतृत्व पाए डा. शेखर कोईरालाले उपप्रधान सहित प्रभाबशाली मन्त्रालय पाउने छन् भने कृष्ण सिटौला गु्रपले पाए सिटौला उपप्रधान सहित आफै नेतृत्व गर्ने लाईनमा छन् । देउवा  समूहकाले पाए काँग्रेसका सिनियर नेतामा नै  पर्नुहुने ज्ञानेन्द्रबहादुर कार्कीले देउवापछिको भूमिकामा बस्नेछन् । बर्तमान मन्त्रीपरिषदमा  राम्रो काम गरेको भनेर हाई हाई कमाएका कारण मन्त्रीहरुमा पहिले भएकामा बालकृष्ण खाँड र गगन थापालाई निरन्तरता दिने सम्भाबना समेत रहेको बताईएको छ ।

उता, सभापति देउवाले नेपाली कांग्रेसभित्रैबाट क–कसलाई सरकारमा सहभागी गराउलान् त ? भन्ने विषयमा पनि अहिले बहस भैरहेको छ । श्रोतका अनुसार सभापति देउवाले आफ्नो पार्टीभित्र देखिएका रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षलाई समेटेर सरकार निर्माणको तयारी गरिरहेको बताइएको छ । देउवाले पार्टीका प्रभावशाली नेता कृष्ण सिटौला, शेखर कोइराला, ज्ञानेन्द्र कार्की लगायतका नेताहरुलाई सरकारको  उपप्रधानमन्त्री सहितका प्रभावशाली मन्त्रालयसहित सहभागी गराउने तयारी गरिरहेको श्रोतको दावी छ । सिटौला उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी हुने  छन् ।

श्रोतका अनुसार कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी हुने सम्भावित नामहरुमा आनन्द ढुंगाना, कमला पन्त, मीन विश्वकर्मा, सरिता प्रसाई, डिना उपाध्याय,  बलबहादुर केसी, चन्द्र भण्डारी, भीमसेनदास प्रधान, जीवन परियार, मदन अमात्य, अब्दुल रजाक, यज्ञबहादुर थापा, भरत खड्का, वीरबहादुर बलायर, डिकबहादुर लिम्बु  रामकृष्ण यादब, फर्मुल्ला मंसु्र,  उषा गुरुङ, सरस्वति बजिमई लगायतका नेताहरु रहेका छन् । उल्लेखित नेताहरुमध्ये केहीको नाम अघिल्लो सरकारमा सहभागी हुने लिस्टमा समेत परेको थियो तर कांग्रेसले उनीहरुलाई अवसर दिएको थिएन । यो पटक भने सभापति देउवाले पार्टीभित्रको तीनवटै समुहलाई मिलाएर सरकार निर्माण गर्न लाग्नुभएको  देउवा निकाट एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।