राजनीति

भरतपुर मतगणना अपडेट– यस्तो छ भर्खरैको मत परिणाम

चितवन । भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवाली र (माओवादी–कांग्रेस गठबन्धन)की रेणु दाहालबीचको भिडन्त रोचक मोडमा पुगेको छ । पछिल्लो समय क्रमशः मतअन्तर घटाउदै लगेकी रेणु देवी ज्ञवालीलाई उछिन्ने गतिमा अघि बढिरहेकी थिईन्। बिहीबार अग्रताको मतान्तर घटाएकी रेणुलाई शुक्रबार भने पुनः एमाले उमेर्द्वार देवी ज्ञवालीसंगको मतान्तर बढाएकी छिन् । १२ सयको हाराहारीमा पुगेको मतान्तर १५५०मा पुगेकोको छ ।

मतगणना बाँकी रहेको स्थानमा कांग्रेसको राम्रो पकड रहेकोले देवी र रेणुबीचको प्रतिष्पर्धा थप रोचक हुने देखिएको छ । अहिले केहीबेर अघिको मतपरिणाम अनुसार एमालेका ज्ञवालीको ३७११८ र (माओवादी–कांग्रेस गठबन्धन)की रेणु दाहालको ३५५१८ मत आएको छ । राप्रपाको तर्फबाट उठेका मेयरका उम्मेद्वारको ५ हजार ८ सय २१ मत प्राप्त भएको छ ।

उपमेयरमा काँग्रेसकी पावर्ती शाहको ३९२३८ र एमालेकी दिब्या शर्माको  ३३७९४ छ। राप्रपाको तर्फबाट उठेका मेयरका उम्मेद्वारको ६ हजार १ सय ६४ मत प्राप्त भएको छ ।  मतगणना जारी छ ।