समाचार

यसकारण ह्वात्तै बढेको रहेछ गर्मी, मौसमविदहरुले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् ।

उनले भने,
‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्राय केही बढी नै गर्मी हुन्छ, अहिले प्रि–मनसुनको समय भएकाले गर्मी बढ्नु स्वभाविक प्रक्रिया हो ।’