पु.समाचार

वडा.नं. ८ काठमाण्डौमा काँग्रेसका डंगोल भारी मतसहित प्यानलै विजयी

काठ्माण्डौ । काठमाण्डौको वडा नम्बर ८ मा काँग्रेसका दिनेश कुमार डंगोल निर्बाचित भएका छन् । डंगोलले एमालेका तर्फबाट उमेर्द्वार बनेका कृष्णमान श्रेष्ठलाई भारी मतले पराजित गराएका छन् ।

काठमाण्डौको जयबागेश्वरी क्षेत्र पर्ने काँग्रेसको गण मानिने उक्त वडा नम्बर ८ मा डंगोलले आफू मात्र जितेनन् काँग्रेसको प्यानलै जिताएका छन् । काठमाण्डौ माहानगरपालिकामा नेवार उमेर्द्वार नउठाएर पराजय भोग्नुपरेको काँग्रेसले आफ्नो पकड भएका काठमाण्डौका वडाहरुमा धमाधम आफ्नो जित देखाईरहेको छ ।

दिनेश डंगोलको १६३६ मत छ भने एमालेका तर्फबाट निकटतम् प्रतिद्वन्दी बनेका उराजीत उमेर्द्वार कृष्णमानको ११९५ मत छ । वडा सदस्यहरुमा क्रमसः शेखर देउला, विवेक संगत, ईन्दीरा भण्डारी, राजलल्मी दर्नाल बिजयी भएको काँग्रेस युवा नेता प्रशन्नमान श्रेष्ठले सुर्यखबरलाई बताए ।