काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नंं. १० मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जम्म ११३९ मत गणना हुंदा सो वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार रामकुमार केसी भारी मतले अघि देखिएका छन् । उनले अहिलेसम्म ८ सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै एमाले दोश्रो स्थानमा देखिएको छ ।
एमालेका अध्यक्षका उम्मेद्वार श्याम तण्डुकारले ३ सय ४५ मत प्राप्त गरेका छन् । यो मत परिणामलाई हेर्दा केसीले एमाले उम्मेद्वारलाई २ सय प्रतिशत मतले हराउने निश्चित भएको देखिन्छ ।
त्यस्तै, राप्रपाका उम्मेद्वारले १ सय ५२ मत प्राप्त गरेका छन् । उता, माओवादी केन्द्रले १ सय ६ मत प्राप्त गरेको छ ।
हालसम्मको मतपरिणाम