पु.समाचार

कांग्रेस सभापति देउवाले यसरी थाल्दैछन् सरकार गठनको तयारी

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसद्मा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका छन् ।

‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रुपमा सभापतिले नयाँ सरकार गठनका लागि पहल थाल्नुहुनेछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । जेठ ३१ को दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने देउवाको विश्वास छ ।

राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरे पनि त्यो सम्भावना कमजोर छ । अहिलेकै गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको खबर छ ।