राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो चरणको निर्बाचनमा सरकार सफल भएको लगायतका कुराहरु सम्बोधनमा आएका छन् ।

मंगलबार नै प्रधनमन्त्रीले सम्बोधन गरेर संसदमा नै राजीनामा दिने भनिए पनि प्रधनमन्त्री दाहालले एमालेको अबरोधका कारण बुधबार सम्बोधन गर्दै राजीनामा दिन लागेको प्रधानमन्त्री कार्यालयको सचिवालय स्रोतले बतायो ।