राजनीति

भावुक हुंदै यसरी दिए रवीन्द्र मिश्रले ललितपुर महानगरबासीलाई धन्यबाद !

ललितपुर । पत्रकार रवीन्द्र मिश्रको साझा पार्टीले एक ललितपुरका जनतालाई आफ्नो पार्लीका उमेर्द्वारलाई मतदान गरेकोमा धन्यबाद दिएको छ । एक विज्ञप्ती जारी गर्दै आफ्ना समर्थक मेयर उमेर्द्वार रमेश महर्जन र उपमेयर उमेर्द्वार लाई उच्च मूल्याँकन गर्दै मतदान गर्नु जनताले विकल्प ठानेको महशुश गरेको समेत उक्त पार्टीले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ । साझा पार्टीको समर्थनमा ललितपुर महानगरपालिकामा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका क्रमशः शोभा शाक्य र रमेश महर्जनलाई असल विकल्प ठानेर विश्वास गर्ने मतदाताहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ।

पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमशस् दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो। जसरी हामीलाई मतदाताहरूले पत्याएका छन् त्यो हाम्रो लागि ठुलो उपलब्धि हो। यसबाट हाम्रै जीवनकालमा नेपाल बनाउने हाम्रो अठोट अझ दृढ भएको छ।

यो निर्वाचनमा मेयर र उपमेयरका रूपमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका चिरीबाबु महर्जन तथा गीता सत्याललाई हामी बधाई तथा शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको नेतृत्वमा ललितपुरबासीको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ।

साझा पार्टी सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग तथा आ(आफ्नो क्षेत्रबाट समाजमा विशिष्ट योगदान गरेर बसिरहेका भए पनि समग्र ललितपुरको मुहार परिवर्तन गर्ने दृढताका साथ छोटो अवधिमैं चुनावमा होमिन आँट गर्ने शोभा शाक्य र रमेश महर्जनप्रति हार्दिक आभार प्रकट गर्दछ।

यस्तै, यो देश बनाएरै छोड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ।