राजनीति

ललितपुर महानगरमा मेयर र उपमेयर सहित प्यानलै काँग्रेसले जित्यो, बधाई !

ललितपुर । ललितपुरको मेयरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा काँग्रेसकै गीता सत्याल विजयी भएकी छिन् । चिरिबाबु महर्जनले ३२६ मतले अन्तरले एमालेका हरिकृष्ण ब्यन्जनकारलाई हराए । टकपटकको मतगणना बिबादलाई छिचोल्दै र काँग्रेस कार्यकर्ताहरुको नैराश्यतालाई सम्मान गर्दै चिरिबाबु मेयर र उपमेयरसहित ४ मध्यै निर्बाचन आयोगले नतिजा घोषणा गरेको पहिलो नगरपालीकामा विययी भएका हुन् ।

चिरिबाबु महर्जनको २४६४२ मत र निकट्तम् प्रतिद्वन्दी हरिकृष्ण ब्यञ्जनकारको २४३१६ मत खसेको निर्बाचन अधिकृतले बताएका छन् ।
उपमेरयरमा काँग्रेसकी गीता सत्यालको १९८१९ मत र निकट्तम् प्रतिद्वन्दी शाझा पार्टीकी शोभा शाक्यको १४२४० मत छ ।

राप्रपाका तर्फबाट उपमेयर बनेका बाबुकाजी थापाले १०५४७ मत ल्याएका छन् । मंगलबारमात्र एमालेका पराजीत हरिकृष्ण ब्यञ्जनकारले मतगणनामा भएको अंक जोड्दा धाधली गरेको आरोपमा निर्बाचन आयोगमा निबेदन दिएका थिए । हार्ने भएपछि आक्रोस पोखेको आरोप लागेका महर्जनले साँझमै नतिजा आउने भएपनि सर्बदलिय सहमतीपछि ढिलो मतगणना गरिएकोले नतिजा आउन केहि ढिलो भएको थियो ।

बधाई छ ! ब्यञ्जनकारसहितका निर्बाचित टिमलाई, उनीहरुले ललितपुरबासीहरुसंग भोट माग्दा राखेको ललितपुरको बिकास गर्ने योजना सफल होस ।